site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा झडप, प्रहरीसहित चारजनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको झडपमा एक प्रहरी र तीन ‘आतंककारी’को मृत्यु भएको छ ।

आतंककारीले प्रान्तको डेरा इस्माइल खान जिल्लास्थित प्रहरीचौकीनजिकैको प्रहरी भ्यानमा आक्रमण गर्दा प्रहरी जवानको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले सिन्ह्वालाई बताएका छन् ।

Argakhachi Cement Island Ad

प्रहरीले जवाफी कारबाहीमा तीन आतंककारी मारिएको जनाएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्