site stats
बाह्रखरी :: Baahrakhari
खेल
त्रिदेशीय ट्वान्टी–२० शृंखलाको तालिका सार्वजनिक 
फाइल तस्बिर ।

काठमाडौं । घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नामिबिया र नेदरल्यान्ड्स सम्मिलित शृंखलाको तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार नेपालले फागुन १५ गते नामिबियासँग खेल्दै शृंखलाको सुरुआत गर्नेछ । फागुन १६ गते नेपालले नेदरल्यान्ड्सँग खेल्नेछ । यस्तै, फागुन १७ गते नामिबिया र नेदरल्यान्ड्स भिड्दा १८ गते नेपालले पुनः नामिबियासँग खेल्नेछ । १९ गते नेपाल र नेदरल्यान्ड्स खेल्नेछन् भने २० गते नेदरल्यान्ड्स र नामिबिया भिड्नेछन् । 

शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ । शृंखलाका सबै खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

T_20-1707485585.jpg
 

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्