site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त 

काठमाडौं । स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि लागु हुने गरी उनलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. श्रेष्ठलाई गत मंसिरमा बिमा बोर्डको सदस्य नियुक्त गरिएको थियो ।

कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले पदबाट हटाउने निर्णय गरेपछि बोर्डमा निर्देशक पद रिक्त छ ।

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्