site stats
बाह्रखरी :: Baahrakhari
देश
जीतपुरसिमरा उपमहानगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनले सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस रकम लिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । 

क्षेत्रीले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको सूचना प्राप्त गरेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो ।  

सोही क्रममा अख्तियारको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले केही दिनअघि क्षेत्रीलाई सेवाग्राहीबाट पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।  

बुधबार दायर गरिएको मुद्दामा वडाध्यक्ष क्षेत्रीसँग पाँच लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्