site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
रेमिट्यान्स २५ प्रतिशतले बढ्यो, ६ महिनामा भित्रियो सात खर्ब ३३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा सात खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यसै अवधिमा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको थियो । पुस मासन्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख सात हजार ९७० रहेको छ ।

यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ३५ हजार ४३५ छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्