site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाल प्रहरीले बरामद गर्‍यो भारतीय नम्बरको जीप

काठमाडौं । कञ्चनपुरबाट नेपाल प्रहरीले भारतीय नम्बरप्लेटको जीप बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सो जीप बरामद गरेको हो ।

बेदकोट नगरपालिका–५, घुर्सुवाखोलाबाट यूपी१४बीएम ४७८६ नम्बर जीप बरामद गरिएको प्रहरीले जनाएको छ ।

सेतो रङको अन्दाजी १५ लाख रुपैयाँबराबरको जीप बेवारिसे अवस्थामा फेला परेको कञ्चनपुर प्रहरीले जानकारी गराएको छ ।

आइतबार (हिजो) उक्त जीप आवश्यक कारबाहीका निम्ति भन्सार कार्यालय गड्डाचौकीमा पठाइएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्