site stats
बाह्रखरी :: Baahrakhari
देश
सुध्रियो चिकित्सक लाइसेन्स परीक्षाको नतिजा, ५६ प्रतिशत उत्तीर्ण 

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजामा योपटक सुधार भएको छ । काउन्सिलले यही माघ १६ देखि १९ गतेसम्म सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षामा ५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।

मेडिकलतर्फ ५५.९६ र डेन्टलतर्फ ६१.०५ गरी समग्रमा ५६.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको काउन्सिले जनाएको छ ।

दुई हजार २२ परीक्षार्थीमध्ये एक हजार १४६ जना उत्तीर्ण भएका हुन् । ६७औँ लाइसेन्स परीक्षामा ४६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

adf-1707114034.jpg
 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्