site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा डिजिटल हाजिरको तयारी
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशनमा डिजिटल हाजिर गर्ने तयारी गरिएको छ । यसका निम्ति संघीय संसद् सचिवालयले प्रस्ताव अघि बढाएको छ ।

संघीय संसद्को हिउँदे अधिवेशन माघ २२ गते (सोमबार)देखि सुरु हुँदै छ । भोलि बस्ने पहिलो बैठकबाटै डिजिटल हाजिर गर्ने प्रस्ताव संसद् सचिवालयको छ ।

Argakhachi Cement Island Ad

राष्ट्रियसभामा भने यसअघि नै डिजिटल हाजिर भइरहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभामा डिजिटल हाजिर के गर्ने भन्ने विषयमा सोमबारै निर्णय हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए ।

“डिजिटल हाजिरीमा जाने भनेर तयारी भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकबाट निर्णय गर्छौँ,” उनले बाह्रखरीसित भने । 

संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक सोमबार अपराह्न ४ बजेका निम्ति बोलाइएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्