site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा सबैखाले हिंसा रोकिनुपर्छ : संयुक्त राष्ट्रसंघ 

काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले गाजा र वरपरका क्षेत्रहरूमा तनाव कम गर्ने उपायहरूको खोजी गर्न आह्वान गरेका छन् । 

संयुक्त राष्ट्र संघका शीर्ष अधिकारीले प्यालेस्टाइनी जनताको अपरिहार्य अधिकार रहेकाले तत्काल तनाव कम गर्ने उपायको बारेमा खोजी गर्न आह्वान गरेको बताएका छन् । 

आफूले उक्त क्षेत्रलाई थप हिंसाबाट जोगाउन तत्काल कदमहरू चाल्न आह्वान गरिरहेको गुटेरेसले बताए । राष्ट्रसंघले गाजामा बढ्दो आवश्यकताहरू सम्बोधन गर्न खोजिरहेको बताएको छ । 

उनले कब्जा गरिएको वेस्ट बैंकको बिग्रँदै गएको स्थितिमा केन्द्रित रहने बताए । सबैखाले हिंसा गाजामा रोकिनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्