site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण

काठमाडौं । ‘संसद्‌मा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गरिएको छ । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा गरेको सम्बोधनलाई संकलन गरेर प्रकाशित गरिएको सो पुस्तक लोकार्पण गरेकी हुन् । 

पुस्तकमा २०४८ देखि २०७४ सालसम्म ओलीले सम्बोधन गरेका विषयलाई समावेश गरिएको लेखक सानीमैया खड्काले जानकारी दिइन् । ओलीले संसद्को २३ वटा अधिवेशनमा भाग लिएको पनि पुस्तकमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्