site stats
बाह्रखरी :: Baahrakhari
देश
होटेल भियानामा जुवातास खेलिरहेका ११ जना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंको ज्याठास्थित होटेल भियानामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । सोमबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो । 

पक्राउ पर्नेमा रोल्पाका ३६ वर्षीय लीला डाँगीसहित ११ जना रहेका प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

डाँगीले उक्त होटेलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

नगद १३ लाख ६२ हजार ५०० रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्