site stats
बाह्रखरी :: Baahrakhari
खेल
आईसीसीले फुकुवा गर्‍यो श्रीलंकामाथिको निलम्बन

काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको छ । 

आईसीसीले आइतबार एकपटकको एकदिवसीय र ट्वान्टी–२० विश्वकप च्याम्पियनसमेत रहेको श्रीलंकामाथिको निलम्बन फुकुवा गरेको हो ।

यसअघि आईसीसीले गत नोभेम्बरमा तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै श्रीलंकालाई निलम्बन गरेको थियो ।

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्