site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा
फाइल तस्बिर ।

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन् । भारतीय सर्वोच्च अदालतको ७५औँ स्थापना दिवसको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी उनी भारत गएका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठ समकक्षी डी. वाई चन्द्रमोहनको नियमन्त्रणामा भारत गएको सर्वोच्च अदालतको विज्ञप्तिमा उल्लेख छ ।

उनी आज नेपाल वायु सेवा निगमको विमानबाट भारतको राजधानी नयाँ दिल्लीका लागि प्रस्थान गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठको साथमा पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल सहभागी रहेको प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिएका छन् ।

प्रधानन्यायाधीश नेतृत्वको टोली आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्