site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय परिषद् बैठक सुरु भएको छ ।  प्रज्ञा भवन कमलादीमा बैठक सुरु भएको हो । 

आजको बैठकमा विधान संशोधनको प्रस्तावमाथि छलफलका लागि समूह विभाजन हुने बताइएको छ ।  साँझसम्म छलफल हुने महासचिव घनश्याम भुसालले बैठकमा जानकारी गराए । 

भोलि (सोमबार) बिहान ११ बजे बस्ने बैठकमा समूह छलफलको निष्कर्ष प्रस्तुत हुने भुसालले बताए । भोलि नै बैठक सकिनेछ । 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्