site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको तापक्रम फेरि वर्षकै कम
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ ।

आइतबार बिहान पौने ९ बजे काठमाडौंको तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको महाशाखाले जनाएको छ । हिजो (शनिबार) यही समयमा २.५  डिग्री सेल्सियस थियो । 

तत्काल हिउँदे वर्षाको सम्भावना नभएकाले जाडो अझै बढ्न सक्ने पूर्वानुमान छ ।

efg-1706421491.jpg
 

प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  ०९:२३
प्रतिक्रिया दिनुहोस्