site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
माइक्रोसफ्टले एक हजार ९०० कर्मचारी हटाउँदै

काठमाडौं । माइक्रोसफ्टले थप एक हजार ९०० कर्मचारी हटाउने घोषणा गरेको छ ।

कम्पनीले एक्टिभिजन ब्लिजार्ड र एक्सबक्सका कर्मचारी हटाउने भएको हो ।

यो कर्मचारीको संख्या माइक्रोसफ्टको गेमिङ डिभिजनको करिब आठ प्रतिशत हो ।

कोभिड–१९ को महामारीपछि चलेको कर्मचारी कटौतीको लहर विश्वका प्रमुख कम्पनीहरूमा अझै रोकिएको छैन ।

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्