site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यस्ता छन् एकीकृत समाजवादीको सचिवालय बैठकका निर्णय 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उनलाई इन्चार्जको जिम्मेवारी पनि दिने निर्णय गरेको हो । 

एकीकृत समाजवादीको प्रचार विभागले दिएको जानकारीअनुसार गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, गण्डकी प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष श्रीनाथ बराललाई अध्यक्ष मनोनयन गर्ने निर्णय गरिएको छ । बैठकले लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरेको छ । सचिवमा अशोक कोइरालालाई चयन गर्ने निर्णय बैठकले गरेको छ । 

आजको बैठकले यही माघ १४/१५ बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद् सदस्यको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय समेत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्