site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । 

शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने प्रचार विभागले जनाएको छ । 

एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक यही माघ १४ र १५ गते बस्दैछ । सोही बैठकको तयारीका लागि सचिवालय बोलाइएको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्