site stats
बाह्रखरी :: Baahrakhari
देश
बेनीमा धारिलो हतियार प्रहार गरी २२ वर्षीय युवकको हत्या
प्रतीकात्मक तस्बिर।

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा आज साँझ धारिलो हतियार प्रहार गरेर एकजना युवाको हत्या भएको छ ।

बेनी नगरपालिका–८ पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए ।

Argakhachi Cement Island Ad

उनका अनुसार बेनीको न्युरोडमा युवाहरूको समूहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएका गर्बुजालाई उपचारका क्रममा बेनी अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको टाउको र छातीमा चोट लागेको छ ।

थप दुईजना घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको उपचार, घटनामा संलग्नको पहिचान, खोजी र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २३:२४
प्रतिक्रिया दिनुहोस्