site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले दुई वटा नयाँ शाखा विस्तार गरेको छ ।

बिहीबार ललितपुर महानगरपालिका–१५ को सातदोबाटो र वडा नं. २५ को भैँसेपाटी शाखा सञ्चालनमा ल्याएकोे हो । नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले शाखा कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे थियो ।

बैंकले हाल देशभर २६६ शाखा कार्यालय, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २५७ वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्