site stats
बाह्रखरी :: Baahrakhari
देश
सुन तस्करी प्रकरण : ६ जनालाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करी प्रकरणमा मुछिएका ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । 

बुधबार न्यायधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले प्रतिवादीहरू कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा छाड्न भनेको हो ।

अदालतले गणेशप्रसाद पौडेल र विरेन्द्र नेपालीलाई जनही पाँच लाख धरौटीमा छाड्न आदेश भएको छ । कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जनही एक लाख रुपैयाँ धरौटीमा छाड्न भनिएको छ ।

त्यस्तै, सुदर्शन गौतम र यादव पराजुलीलाई जनही दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । 

"...यी प्रतिवादीहरूलाई मुद्दा पुर्पक्षका लागि थुनामा नै राख्नुपर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिँदा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी तहाँ अदालतबाट मिति २०८०।६।१९ मा भएको आदेश यी प्रतिवादीको हकमासम्म मिलेको नदेखिँदा सो हदसम्म उक्त आदेश बदर गरिदिएको छ," आदेशमा भनिएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्