site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाको विशेष साधारणसभाको खर्च साढे ४३ लाख 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को माघ ८ गते बसेको विशेष साधारणसभामा करिब साढे ४३ लाख रुपैयाँ खर्च भएको छ ।

सोमबार सानेपास्थित हेरिटेज गार्डेनमा बसेको विशेष साधारणसभामा ४३ लाख ३० हजार २०० रुपैयाँ खर्च भएको विवरण एन्फाले सार्वजनिक गरेको हो ।

यस्तै, एन्फाले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गर्दै उक्त स्थानमा विजय घलेलाई ल्याउने निर्णय गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्