site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको दस्तावेज मस्यौदा समितिको बैठक जारी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दस्तावेज मस्यौदा समितिको पहिलो बैठक जारी छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा समितिको बैठक बसेको हो ।

बैठकमा आउँदो महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेजको मस्यौदाका विषमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

छैटौँ केन्द्रीय कमिटीको बैठकबाट पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरिएको थियो  ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्