site stats
बाह्रखरी :: Baahrakhari
देश
साविकका अञ्चल अस्पतालमा नर्सिङ पढाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाँदै मन्त्रालय 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साविकका अञ्चल अस्पतालमा नर्सिङ शिक्षा पढाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने तयारी गरेको छ ।

एक सयदेखि तीन सय शैयाका सरकारी अस्पतालमा नर्सिङ पढाउने गरी प्रस्ताव अघि सारेको हो  ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सोमबारको बैठकमा डा. रोशन पोखरेलले तीन दिनभित्र मन्त्रिपरिषद्‌मा लैजाने बताए । 

ती अस्पतालमा पीसीएल, स्नातक र मिडवाइफ नर्सिङको पढाइ सुरु गर्ने मन्त्रालयको निर्णय छ ।
 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:२१
प्रतिक्रिया दिनुहोस्