site stats
बाह्रखरी :: Baahrakhari
देश
नवलपरासीमा श्रीमतीको हत्या आरोपमा पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आफ्नै श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका–६, बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्कामगर छन् ।

३४ वर्षीया चनिसरा लम्कामगरको हत्या गरेको आरोपमा आइतबार बिहान उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

शेरबहादुरले शनिबार राति आफ्नै श्रीमती चनिसरामाथि कोदालो र खुर्पा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको सूचना प्रहरीले पाएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्