site stats
बाह्रखरी :: Baahrakhari
देश
रुस पठाइदिन्छु भन्दै ७ लाख रुपैयाँ ठगी गर्ने एकजना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौं कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रुस पठाइदिने र त्यसका लागि सात लाख तीस हजार रुपैयाँ लाग्ने तथा रुस पुगेपछि प्रतिष्ठित कम्पनीमा एक लाख रुपैयाँमा काम लगाइदिने भन्दै विश्वास दिलाई पीडितबाट पटक–पटक गरी जम्मा सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्