site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गरेका छन् । 

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

Scan_20240118-1705577481.jpg
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्