site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनजस्तो देखिने १० तोला पहेलो धातुसहित एकजना पक्राउ 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । कास्कीमा सुनजस्तो देखिने पहेलो धातुसहित एकजना  पक्राउ परेका छन् । 

पोखरा महानगरपालिका–३०, पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो । 

Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा पाल्पा रम्बादेबी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलीप गहतराज छन् ।

वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले गएराति भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो । दुई वटा ढिक्का, दुई वटा गोलो रिङ, दुई वटा सानो–सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारेको जनाइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्