site stats
बाह्रखरी :: Baahrakhari
देश
१३ लाखमा चेक रिपब्लिक पठाउने भन्दै एक लाख ८० हजार उठाएर भाग्ने व्यक्ति पक्राउ

काठमाडौं । चेक रिपब्लिक पठाउने आश्वासन दिएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय विकास राई रहेका छन् ।

उनले दिवान गिरीसहितलाई वैदेशिक रोजगारीका लागि चेक रिपब्लिक पठाउने आश्वासन दिएर प्रतिव्यक्ति १३ लाख रुपैयाँ लाग्ने बताएका थिए ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार राईले चेक रिपब्लिक पुगेपछि प्ततिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक एक लाख ८० हजार तलब हुने बताएका थिए । त्यसका लागि उनले पीडितहरूबाट पटकपटक गरी जम्मा एक लाख ८० हजार रुपैयाँ उठाएका थिए ।

उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्