site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज सचिवालय बैठक बोलाएको छ । 

पार्टी कार्यालय आलोकनगरमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको हो ।

बैठकमा पार्टीको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ । 

एकीकृत समाजवादीको आगामी माघ १४ र १५ गते हुने केन्द्रीय परिषद्को बैठकले विधान संशोधन गर्नेछ । 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्