site stats
बाह्रखरी :: Baahrakhari
देश
नागढुंगाबाट २० ग्राम 'खैरो हिरोइन'सहित झापाका सन्देश पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगास्थित चेक प्वाइन्टबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–१ सरणपाडाका २८ को सन्देश पाठक रहेका छन् । उनको साथबाट २० ग्राम 'खैरो हिरोइन' बरामद गरिएको प्रहरीले जनाएको छ ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार आज काँकडभिट्टादेखि काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–१–००१ ख.३८४४ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । बसको पछाडि सिटमा सवार उनको साथमा प्रहरीले कालो रंगको प्लास्टिकमा बेरी ल्याएको लागुऔषध खैरो हिरोइन भेटाएको थियो ।

उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्