site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधानको मस्यौदा प्रचण्डलाई बुझाइयो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा समितिले विधानको मस्यौदा पेस गरेको छ । 

शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा पेस गरेको हो । पदाधिकारीले बैठकले विधानको मस्यौदा बनाउने जिम्मा सात नेतालाई दिएको थियो । 

उक्त समितिले केन्द्रीय समिति १५१ सदस्यीय राख्न सकिने प्रस्ताव गरेको छ । फागुनमा विधान सम्मेलन गर्ने तयारीस्वरुप माओवादीले मस्यौदा तयार गरेको हो । 

विधान मस्यौदामा शनिबार बस्ने स्थायी कमिटीको सुझाव लिइने नेताहरूले बताएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्