site stats
बाह्रखरी :: Baahrakhari
देश
वन कार्यालयका अधिकृत कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा, एक करोड २५ लाख बिगो दाबी 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दसौँ तह) दीर्घ नारायण कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीसँग एक करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ बिगो दाबी गरेको छ ।

कोइरालाले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २ गतेदेखि २०७८ फागुन ११ गतेसम्मको अवधिमा ८१ लाख ८६ हजार ९९६ रुपैयाँ आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

सोही जाँच अवधिमा उनले दुई करोड सात लाख ८३ हजार ३४९ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्