site stats
बाह्रखरी :: Baahrakhari
देश
केकमा गाँजा मिसाएर बेच्ने युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । केकमा लागुऔषध गाँजा मिसाएर बिक्री–वितरण गर्ने गरेको पाइएको छ । गाँजा राखेको केक अनलाइनमार्फत ग्राहकले मागेको ठाउँसम्म पुर्‍याइने गरेको हो । उक्त कार्यमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९, घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन् । गएको शुक्रबार उनलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनले इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग गरी केकमा गाँजा मिसाएर बिक्री–वितरण गर्ने गरेको खुलेको छ । उनले लागुऔषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको छ ।

मानन्धरको घरबाट प्रहरीले करिब २०० ग्राम गाँजा र डिजिटल तराजुु समेत बरामद गरेको छ ।

घट्टेकुलोका स्थानीय बासिन्दा मानन्धरले घरमै त्यस्तो केक बनाएर अनलाइनमार्फत बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्