site stats
बाह्रखरी :: Baahrakhari
खेल
बास्केटबल संघको अध्यक्षमा गुरुङ निर्विरोध

काठमाडौं । नेपाल बास्केटबल संघको पाँचौँ चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । गुरुङ यसअघि संघको कार्यवाहक अध्यक्ष थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनिषकुमार हयोजुले उपाध्यक्ष, नरेन्द्र थापाले महासचिव, फनिन्द्रमान श्रेष्ठले सचिव तथा विष्णुहरि त्रिपाठीले कोषाध्यक्षको जिम्मेवारी पाए । यस्तै, पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भए ।

Argakhachi Cement Island Ad

नवनिर्वाचित पदाधिकारीहरूलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

त्यसअघि युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले साधारण सभाको उद्घाटन गरेका  थिए । उद्घाटनका अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्