site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिट बाँडफाँटमा एकीकृत समाजवादी असन्तुष्ट
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठकमा नेकपा (एकीकृत समाजवादी) असन्तुष्ट बनेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा सिट बाँडफाँटको कुरा नमिलेपछि नेताहरू बैठक छाडेर हिँडेका थिए ।

आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनबारे छलफल गर्न बोलाइएको बैठकमा गठबन्धन दलबीचमा सहमति नमिलेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत असन्तुष्ट भएर हिँडेका हुन् ।

"सिटमा कुरा मिलेन त्यसैले हामी हिड्यौँ," एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे भने ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ०५:४३
प्रतिक्रिया दिनुहोस्