site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेशमा रेलमा आगलागी हुँदा चारजनाको मृत्यु

ढाका । बंगलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रीवाहक रेलमा आगलागी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रीवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले आगजनी गरेको जनाएका छन् । स्थानीय समयानुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारलाई बताएका छन् । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्