site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कोखाइ कोखाइ

सुर्यनारायण एच पेलिस


बिदाइको खुशी छ खुशीको बिदाइ छ 
घर छोड्दा तिनलाई बधाई नै बधाई छ ।

बचेरा उडेपछि गुँडको भार सकियो
रल्लिन्न बिग्रन्न अब भन्ने बुझाइ छ ।

देशको माया गीतले बोल्छ सुने भै’गो
भिसाको ठप्पाले मनमा हर्षबढाइ छ ।

बनेन किन मुलुक दुईचार सपुत मरेर
शान्तिले बाँच्न परदेशकै रोजाइ छ ।

ठूलालाई यहाँ सधैँ कोखाइ कोखाइ छ
अरूलाई साँढेजुधाइ बाच्छो मिचाई छ ।

(म्याग्दे–६, तनहुँ)
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्