site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक 
फाइल तस्बिर ।

काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठक आह्वान गरेको छ । 

शुक्रबार दिउँसो १ बजे बैठक बस्ने तय भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकका दुईवटा एजेन्डा रहेका छन् ।

विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उमेदवारका विषयमा छलफल हुनेछ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उमेदवारी मनोनयन हुँदैछ । त्यसका लागि दलहरु छलफलमा जुटिरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:२५
प्रतिक्रिया दिनुहोस्