site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले अध्यक्ष ओली र भारतका विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार अपराह्न उनीहरूबीच द्वारिका होटलमा मैत्रीपूर्ण  भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत सम्बन्धसहितका विषयमा छलफल भएको छ ।

भारतका विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्