site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
खाद्य व्यवस्था कम्पनीले मधेस प्रदेशलाई हेप्यो : सांसद श्रेष्ठ 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद किसान श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मधेस प्रदेशलाई हेपेको आरोप लगाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उनले यस्तो बतएका हुन् ।

“राज्यसत्ताले हेपेको जस्तै खाद्य कम्पनीले हेपेको छ । मधेसका जनतालाई सहुलियत चाहिँदैन ? मधेसमा त्यत्रो उत्पादन हुन्छ, कुल जनसंख्याको करिब आधा मधेस प्रदेशमा बस्छन्, अनि सरकारी संस्थाले नै यसरी हेप्ने ?,” उनले भने, “कार्ययोजना कम्पनीको खै ? जनताको सेवा गर्नुपर्‍यो । नेता र मन्त्री भर्ती केन्द्र बन्न भएन ।”

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्