site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचन : अझै अनिर्णीत सत्ता गठबन्धन

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता गठबन्धनभित्र राष्ट्रियसभा सदस्य निर्वाचनबारे सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको बताएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध चार दलका नेताहरूको बैठकले सिट बाँटफाँटको विषय टुंग्याउन नसकेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कांग्रेसका प्रमुख सचेतक लेखकले नेताहरूका बीचमा छलफल भएको तर सिट बाँटफाँटको विषय टुंगिन नसकेको बताए । आज साँझ वा शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकाइएको उनले जानकारी दिए ।

“एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ, गठबन्धनको संवाद पनि जारी रहन्छ । गठबन्धनका राजनीतिक दलहरूका बीचमा राष्ट्रियसभाकै विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको छ,” उनले भने, “एमालेसँग समग्रतामा समसामयिक विषयमा छलफल भइरहेको छ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्