site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग, नाम सिफारिस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस संगठन नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनमा पत्रकारलाई उमेदवार बनाउन माग गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमार्फत सत्ता गठबन्धनसँग यस्तो माग गरिएको संगठनले जनाएको छ ।

पार्टी अध्यक्षलाई बुझाएको पत्रमा केही पत्रकारको नाम सिफारिस गरिएको छ । शम्भुलाल श्रेष्ठ, किशोर श्रेष्ठ, विश्वमणि सुवेदीलगायत पत्रकारको नाम सो सूचीमा समावेश छ । राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ ।

प्रेस संगठनले सिफारिस गरेकाको नामावली पढ्नोस्–

sgdmg-1704015254.jpg
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्