site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकुमारी घटनाको विरोधमा उत्रिएका युवा पक्राउ
फाइल तस्बिर

काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा सरकारको विरोध गर्दै उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 

प्रहरीले सातजना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । शुक्रबार  कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत भएको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्