site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकुमारीमा प्रदर्शन गर्ने ७३ जनामाथि अनुसन्धान गर्दै प्रहरी

काठमाडौं । प्रहरीले बालकुमारी घटनामा एकजना गोली लागेर र अर्का भागदौडको क्रममा घाइते भएको र दुवैको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

ललितपुर प्रहरी परिसरका अनुसार अछामको चौरपाटी गाउँपालिका–१ का २१ वर्षीय विरेन्द्र शाह गोली लागेर घाइते भएका थिए । उनको उपचारको क्रममा पाटन अस्पताल मृत्यु भएको हो ।

अर्का दैलेखको महाबु गाउँपालिका–६ २३ वर्षीय सुजन राउतको भागदौडका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको इमाडोलस्थित किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २१:५१
प्रतिक्रिया दिनुहोस्