site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
आईटेलको एस२३ स्मार्टफोन किन्दा टिसर्ट उपहार

काठमाडौं । आईटेलले आफ्नो स्मार्टफोन एस२३ को खरिदमा उपहार योजना ल्याएको छ । यस योजनाअन्तर्गत हरेक एस२३ स्मार्टफोन मोडेल खरिदमा ग्राहकले टिसर्ट उपहार पाउने भएक हुन् ।

आईटेल एस२३ मोडलमा आठ जीबी थप्न सकिने गरी आठ जीबी र्‍याम र १२८ जीबी थप्ने सकिने १२८ जीबी स्टोरेज रहेको छ ।

फोनमा ५० मेगापिक्सेलको पछाडिको क्यामेरा र अगाडि आठ मेगापिक्सेलको क्यामेरा रहेको छ ।

आईटेल एस२३ को मूल्य नेपाली बजारमा १५ हजार ८९० रुपैयाँ रहेको छ ।

फोनमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ भने ९० हर्जको रिफ्रेस रेट छ । आईटेलका नेपालको अधिकारिक बिक्रेता महालक्क्ष्मी मोबाइल्सले एक सय दिनको वारेन्टी उपलब्ध गराएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २१:०४
प्रतिक्रिया दिनुहोस्