site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बालकुमारी घटनाबारे ओलीले भने– अब यस्तो कहिल्यै नहोस्
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनालाई लिएर बल प्रयोग समस्याको समाधान नभएको टिप्पणी गरेका छन् ।

समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको ओलीको भनाइ छ ।

"बालकुमारी घटनामा होनाहार दुईजना नवयुवकको ज्यान गयो । बल प्रयोग समस्याको समाधान होइन । समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ । घटनाको तत्काल छानविन गरी दोषीलाई कारबाही गर । ज्यान गुमाउने युवाप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना । अब यस्तो कहिलै नहोस् !," शुक्रबार ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौंको बालकुमारीमा ईपीएस परीक्षाका लागि आन्दोलन गर्ने क्रममा प्रहरीसँगको मुठभेडमा दुई युवाको मृत्यु भएपछि सर्वत्र सरकारको विरोध भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:३५
प्रतिक्रिया दिनुहोस्