site stats
बाह्रखरी :: Baahrakhari
देश
सन्दीप लामिछानेलाई हुन सक्छ ७ देखि १० वर्षसम्म कैद सजाय

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय पुस २५ गते तोकिने भएको छ ।

आज जिल्ला अदालत काठमाडौंले सहमतिमा करणी भएको नदेखिएकाले सन्दीपले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१, २ र ३) (ङ) बमोजिम कसुर गरेको ठहर गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (३) 'ङ' मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई सहमतिबिना करण गरी ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

Sand-1703859626.jpg
 

 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्