site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखरामा जुत्ताको तुनाले घाँटीमा कसेर श्रीमतीको 'हत्या'
प्रतीकात्मक तस्बिर ।

पोखरा । पोखरामा श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

श्रीमती हत्या आरोपमा प्रहरीले पोखरा–२९ स्थित नयाँ तालचोकबाट ३६ वर्षीय रत्नबहादुर घर्तीलाई नियन्त्रणमा लिएको हो ।

Argakhachi Cement Island Ad

प्रहरीका अनुसार उनले आफ्नै २८ वर्षीय श्रीमती रेखा घर्तीको हत्या गरेका हुन् । घाँटीमा जुत्ताको तुनाले कसेर उनले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकका अनुसार घर्तीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्