site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गोकुल बाँस्कोटाको प्रश्न : जिम्मेवार को हुने ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकुलप्रसाद बाँस्कोटाले कम्पनीको सेयर प्रिमियम मूल्यमा निकाल्ने ऐन संशोधनको लिखित जवाफ आयो कि आएन भन्दै प्रश्न गरेका छन् । 

बिहीबारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यो नियम कानुन संशोधन गर्ने व्यक्ति नै जवाफदेही हुनुपर्ने बताए । 

“लिखित जवाफ आयो कि आएन ? हामीलाई किन प्राप्त भएन ?,” बाँस्कोटाले प्रश्न गर्दै भने, “अर्थ मन्त्रालयले किन नियमावली संशोधन गर्‍यो ?” 

उनले फाइल बोकेर मन्त्रिपरिषद्मा लैजाने मन्त्रीले पनि जवाफ दिनुपर्ने बताए । 

“संशोधन मन्त्रिपरिषद्ले स्वीकृत गर्छ । जिम्मेवार को हुने हो ?, यो विषयमा अरू समितिले निकालेका निष्कर्ष पनि आउनुपर्छ,” बाँस्कोटाले भने । 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्